दफा १३
राज्य रजौटा ऐन, २०१७ मा संशोधन
राज्य रजौटा ऐन, २०१७ को,–
(१) दफा २ को उपदफा (३) झिकिएको छ ।
(२) ठाउ“ ठाउ“मा रहेको “अधिराज्य” भन्ने शब्द झिकिएको छ ।
(३) दफा ६ को सट्टा देहायको दफा ६ राखिएको छ ः–
“६. पूजाआजा गुठी चलाउन सकिने ः यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि संवत् २०६४ साल चैत्र मसान्तसम्म तत्कालिन कानून बमोजिम
कायम रहेका राजा रजौटाहरुले कुनै देवालय, मठ मन्दिरमा पूजाआजा सञ्चालन गरे वा गराएको रहेछ भने त्यस्तो देवालय, मठ मन्दिर
सञ्चालनका लागि छुट्टै आयस्रोतको व्यवस्था भएकोमा बाहेक त्यस्तो देवालय, मठ मन्दिरमा चलिआएको पूजाआजा सञ्चालन गर्न नेपाल
सरकारले दिएको आदेश अनुसार प्रचलित कानून बमोजिम खडा भएको गुठी संस्थानले साविक बमोजिम राजगुठीको आम्दानीबाट पूजाआजा गुठी
सञ्चालन गर्न आवश्यक खर्चको व्यवस्था गर्नेछ ।”
(४) दफा ३ र ४ खारेज गरिएका छन् ।